दफा ३
यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिहरू
(१) देहायका व्यक्तिहरू यस ऐनको क्षेत्राधिकारभित्र पर्नेछन्ः–
(क) यस ऐन अन्तर्गत नेपाली सेनामा नियुक्त व्यक्तिहरू,
(ख) जङ्गी कारबाहीको निमित्त क्याम्पमा वा मार्चमा वा नेपाल सरकारबाट जङ्गी कारबाहीको इलाका भनी घोषित इलाकामा नेपाली सेनाले काममा लगाएका वा नेपाली सेनाको सेवामा रहेका वा नेपाली सेनाको कामको सहयोगमा जाने गैर सैनिक व्यक्तिहरु,
(ग) नेपाली सेनामा नियुक्त हुन छानिएका व्यक्तिहरू ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिमका व्यक्ति आपू संलग्न कुनै विभाग, फर्मेशन वा एकाइको कमाण्डिङ्ग अधिकृतको मातहतमा रहेको मानिनेछ ।
(३) उपदफा (१) को खण्ड (ख) बमोजिमको व्यक्ति उपदफा (२) बमोजिम कुनै विभाग, फर्मेशन वा एकाइको कमाण्डिङ्ग अधिकृतको मातहतमा संलग्न नरहेको अवस्थामा आफूले केही समयको लागि तत्काल सेवा गरिराखेको बलको कमाण्ड गर्ने अधिकृतले निजको कमाण्डिङ्ग अधिकृत भनी तोकेको वा मनोनीत गरेको अधिकृत वा त्यसरी तोकिएको वा मनोनीत नगरिएको भए सम्बन्धित बलको कमाण्ड गर्ने अधिकृतको कमाण्डमा रहेको मानिनेछ ।
(४) बलको कमाण्डिङ्ग अधिकृतले उपदफा (१) को खण्ड (ख) मा उल्लेख गरिएका कुनै पनि व्यक्तिलाई निजभन्दा माथिल्लो अधिकृत भएसम्म निजभन्दा तल्लो अधिकृतको मातहतमा राख्न हुँदैन ।
(५) उपदफा (१) बमोजिमका व्यक्तिहरूले नेपाल राज्य बाहिर कसुर गरेमा पनि यस ऐनको क्षेत्राधिकार कायम हुनेछ ।
(६) उपदफा (१) बमोजिमका व्यक्तिहरुले संयुक्त राष्ट्र संघको शान्ति सेनामा संलग्न भई खटिएको देशका नागरिक विरुद्ध गरेका कसुरहरु अन्य अदालतको क्षेत्राधिकारभित्र पर्दछन्।